‘शान्तिको सुरुवात : आमाको प्रेमको वचन’ भन्ने अभियानचाहिँ बोली कति शक्तिशाली हुन्छ भन्ने कुराको सुन्दर स्मरण हो । 💛
विगत एक महिनामा, प्रत्येक दिन अझ मायालु, प्रोत्साहन र शान्तिपूर्ण बोली प्रयोग गर्ने प्रयास गर्दै ६ जना सहकर्मीहरू सहभागी भए । एक जना सहकर्मीले “यो त राम्रो उपाय हो, त्यसको लागि धन्यवाद” भनेर भन्नुभयो तर अर्को सहकर्मीले, “यो एकदमै राम्रो लाग्यो, म पक्कै पनि यी वाक्यांशहरूको अझ प्रयोग गर्न प्रयास गर्नेछु ।” भनेर भन्नुभयो ।
एक महिनापछि, म र मेरा दिदीबहिनीहरूले सँगै मिलेर सहभागी सबैको कदर गर्नका लागि फूल, फलफूल र राइस क्रिस्पिज सामान तयार गऱ्यौं । मेरा सहकर्मीहरू कत्तिको कृतज्ञ र खुशी भएको देख्दा एकदमै खुशी लाग्यो ।
हामीलाई प्रेम, शान्ति, प्रोत्साहनको महत्त्व र इमानदार मनले अरूको सेवा गर्ने कुरा सिकाएकोमा धन्यवाद । सानो बोलीले पनि कसैको दिन उज्यालो बनाउनुको साथै हामी वरपरका मानिसहरूमा एकता ल्याउन सक्छ । ✨💛