‘आमाको प्रेम र शान्ति दिवस’ तथा यूएन ‘अन्तर्राष्ट्रिय सहिष्णुता दिवस’को अवसरमा अभियान

शान्ति ल्याउने
‘आमाको प्रेमको भाषा’को लागि समर्थनयुक्त हस्ताक्षर

व्यक्तिवाद हाबी भएर आदर र समावेशिता घट्दैगइरहेको
अनि द्वन्द्व र हिंसा व्याप्त बनेको यस वर्तमान युगमा मानव-जातिलाई अरू कुनै समयभन्दा बढी शान्तिको जरुरत छ ।

जन्मिएर आमाको काखमा पहिलो चोटि महसुस गरेको आराम र शान्ति नै राष्ट्र, संस्कृति र जातिलाई पार गरी सम्पूर्ण मानव-जातिले सहानुभूति जनाउने ‘शान्ति’को स्रोत हो ।
बलिदान, सेवा, हेरचाह, आदर, सहिष्णुता र समावेशिता रहेको आमाको प्रेममा मानव-जातिलाई जोड्ने र एकताबद्ध गर्ने शक्तिशाली बल हुन्छ ।

परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले सन् २०२४मा आफ्नो ६०औँ वार्षिकोत्सवको उपलक्ष्यमा नोभेम्बर १ तारिखलाई 'आमाको प्रेम र शान्ति दिवस' घोषणा गऱ्यो ।
प्रत्येक नोभेम्बरमा, मण्डलीले दैनिक जीवनमा आमाको प्रेमलाई कार्यान्वयन गर्न प्रेम, सञ्चार र सद्भावको प्रवर्द्धन गर्दै विश्वव्यापी अभियान सञ्चालन गर्छ ।
यो अभियानले यूएनको 'अन्तर्राष्ट्रिय सहिष्णुता दिवस(नोभेम्बर १६)'सँग उस्तै अर्थ बोकेको छ ।

यो वर्षको नाराचाहिँ “शान्ति ल्याउने आमाको प्रेमको भाषा” हो । हामी घर, विद्यालय, कार्यस्थल, छिमेक र समाजमा न्यानो भाषाको संस्कृति सिर्जना गरेर शान्तिमय संसारको निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राख्दछौं ।

साना अभ्यासहरू एकत्रित भएर संसारलाई परिवर्तन गर्न सक्ने गरी हामीलाई उदार समर्थन दिनुहोस् ।

हस्ताक्षर गर्ने

म ‘आमाको प्रेम र शान्ति दिवस’ तथा यूएनको ‘अन्तर्राष्ट्रिय सहिष्णुता दिवस’को उपलक्ष्यमा गरिने अभियान(शान्ति ल्याउने ‘आमाको प्रेमको भाषा’)को उद्देश्यसँग सहमत छु र माथिका गतिविधिहरूलाई समर्थन गर्दछु ।

* यो बाह्य सहकार्य र प्रवर्धन प्रयोजनका लागि प्रयोग गरिनेछ र अन्य कुनै उद्देश्यको लागि प्रयोग वा खुलासा गरिनेछैन ।