सन् २०२६ पारिवारिक महिना र अन्तर्राष्ट्रिय पारिवारिक दिवस (मे १५ तारिख) मनाउँदै
शान्ति ल्याउने :
आमाको प्रेमको भाषा
पारिवारिक प्रेम बाँड्ने प्रतियोगिता
आफ्नो परिवारसँग व्यक्त गर्न नसकेको कुनै कुरा छ कि ?
महसुस गरेर पनि व्यक्त गर्न नसकेको प्रेम,
धन्यवादी र क्षमाप्रार्थी भएर पनि मनमै दबिएका शब्दहरू
अब शान्ति ल्याउने ‘आमाको प्रेमको भाषा’मार्फत आफ्नो साँचो हृदय बाँड्नुहोस् ।
आमाको प्रेम पुगेको ठाउँमा शान्ति छाउँछ ।
महसुस गरेर पनि व्यक्त गर्न नसकेको प्रेम,
धन्यवादी र क्षमाप्रार्थी भएर पनि मनमै दबिएका शब्दहरू
अब शान्ति ल्याउने ‘आमाको प्रेमको भाषा’मार्फत आफ्नो साँचो हृदय बाँड्नुहोस् ।
आमाको प्रेम पुगेको ठाउँमा शान्ति छाउँछ ।
May 1 – June 30, 2026
विषय
- शान्ति ल्याउने ‘आमाको प्रेमको भाषा’मार्फत परिवारभित्रको कुराकानी र परिवर्तन
सहभागी हुने तरिका
- चरण १. व्यक्त गर्ने९ वटा ‘आमाको प्रेमको भाषा’मध्ये एउटा रोजेर परिवारसँग आफ्नो साँचो हृदय व्यक्त गर्नुहोस् ।* कुराकानी, फोन, मेसेज, चिट्ठी इत्यादी कुनै पनि तरिका प्रयोग गर्न सकिन्छचरण २. रेकर्ड गर्नेआफ्नो हृदय व्यक्त गरेको प्रक्रिया र उक्त क्षणमा प्रापकको प्रतिक्रियालाई रेकर्ड गर्नुहोस् ।* भिडियो, अडियो, तस्विर इत्यादि कुनै पनि तरिका प्रयोग गर्न सकिन्छ ।


चरण ३. पेश गर्नेपारिवारिक सम्बन्धमा आएको परिवर्तन वा आफ्ना विचारहरू लेख्नुभएर चरण २को रेकर्डसँगै पेश गर्नुहोस् ।* आवश्यकता: भिडियो, अडियो, तस्विरमध्ये एक वा सोभन्दा बढी + लिखित टिप्पणी
फाइल संलग्न गर्ने तरिका
- भिडियो, अडियो : ३ मिनेटको / तस्विर : कुनै सीमा छैन
- फाइलको नाम : शीर्षक_लेखकको नाम उदा.) मलाई मेरो परिवार मन पर्छ_गिम सा राङ
सहभागी
- सबै उमेर समूहको जो कोही
पुरस्कार विजेता घोषणा
- सन् २०२६ नोभेम्बर (तालिकाबद्ध)
नोट
- पेश गरिएका सामग्रीहरू मण्डलीको प्रेस रिपोर्ट, अनलाइन तथा अफलाइन प्रदर्शनी, पुस्तक इत्यादिमा अभियानलाई समर्थन गर्ने विभिन्न प्रवर्धन सामग्रीको रूपमा प्रयोग हुन सक्छ ।
- पेश गरिएको प्रत्येक प्रविष्टिको प्रतिलिपि अधिकार (अनुकूलन अधिकारसहित) परमेश्वरको मण्डली विश्व सुसमाचार समाजमा सुरक्षित छ, र प्रत्येक प्रविष्टि सम्पादकीय नीतिअनुसार सम्पादन गर्न सकिन्छ ।
- कृपया आफ्नो प्रविष्टिमा समावेश गरिएका सबै व्यक्तिहरूबाट तस्विर अधिकारसम्बन्धी अनुमति प्राप्त गरेको कुरा सुनिश्चित गर्नुहोस् । आवश्यक परेको खण्डमा कृपया डाउनलोड गरी तस्विर, भिडियो तथा अडियो रेकर्डिङ जस्ता रेकर्ड गरिने सामग्रीहरूका लागि अनुमति पत्रमा पेश गर्नुहोस् ।
- AIको प्रयोग गरेर सृजना वा सम्पादन गरिएको विषयवस्तु पेश गर्न सकिँदैन, पेश गरिने सबै विषयहरू वास्तविक अनुभवहरूमा आधारित हुनुपर्छ ।