सियोनमा भएको मेरो समूहले तेस्रो दिनको आराधनापछिको खाजा तयार गर्ने कार्य गरिरहेको छ । हामीले बदाम बटर जेली स्यान्डविच तयार गर्ने निर्णय गऱ्यौं । एक जना सिस्टर र मैले स्यान्डविच बनाउने जिम्मा लिने निर्णय गऱ्यौं । तिनले बदाम बटर हालिन्, र मैले जेली हालें । त्यो नै हामीले सँगै काम गरेको पहिलो पटक थियो । हामीसँग टिम वर्क राम्रो थियो, तर हामीले एकदमै मौनतापूर्वक काम गरिरहेका थियौं ।
इमानदारीपूर्वक भन्नुपर्दा, मलाई मौनतामा काम गर्ने खुशी लाग्छ, तर माताचाहिँ सियोन न्यानो ठाउँ भएको चाहनुहुन्छ । म जेठी सिस्टर भएकोले त्यो न्यानोपन सिर्जना गर्नु मेरो कर्तव्य हो भनी मलाई थाहा थियो ।
“तपाईंको दिन कसरी बित्यो ? काम कस्तो लाग्यो ?” गहिरो मौनता हटाइयो । त्यसबाट नै हाम्रो पहिलो कुराकानी सुरु भयो । म पूर्व सैनिक हुँ र सिस्टर प्रहरी अधिकारी हुनुहुन्छ । आ-आफ्ना अनुभवहरूबारे कुराकानी गर्दै हामी अझ नजिक भयौं ।
सिस्टर बारेमा अझ धेरै थाहा पाउँदा त्यो एकदमै राम्रो समय थियो । उहाँले पनि यस्तै महसुस गर्नुहुन्छ होला ।
मेरी मायालु सिस्टर लक्षित गरेर, माताको वचन अझ धेरै व्यवहारमा लागू गरेर भान्सा अझ न्यानो गर्नेछु । एक-अर्कासँग अझ वार्तालापहरू गरौं । एनिमो !