स्वीट फ्ल्याग(बोजो) भन्ने अद्भुत बिरुवाको चिकित्सा, संस्कृति र स्वास्थ्यमा प्रयोगको लामो इतिहास छ । यो आफ्नो औषधीय र सुगन्धयुक्त गुणको कारण एक उपयोगी प्राकृतिक औषधी हो । मलाई सानोदेखि नै खोक्दा मेरी आमाले मलाई र मेरा दाजुभाइ-दिदीबहिनीलाई बोजो(मिठो झण्डा) चपाउनुहुन्थ्यो ।
लामो समयसम्म टाढा हुँदा मेरी आमाले चिन्ता नगर्नू भनेर म बिरामी भएको कुरा लुकाउने गर्थें । तर अहिले हामीले कुरा गर्न स्मार्टफोनको प्रयोग गर्दैगर्दा, मेरी आमाले मलाई सामान्य रुघाखोकी र खोकी लागेको कुरा देख्नुभयो । यस पटक पनि मेरी आमाले आफ्नै बगैँचामा हुर्केको बोजो मेरो लागि पठाउनुभएको छ ।
मेरी आमाको निरन्तर प्रेम र प्रार्थनाले मलाई स्वर्गीय माताको याद अझ झन् ताजा गराउँछ । म सधैँ उहाँको हेरचाहको आदर गर्छु । यदि पृथ्वीको प्रेम अथाह र अनन्त छ भने स्वर्गीय प्रेमलाई कसैले पनि वर्णन गर्न सक्दैन । संसारलाई आमाको प्रेमको वचन र प्रेमको शिक्षा दिनुहुने माताको प्रेमबारे अवगत गराउन म कुनै कसर बाँकी राख्नेछु । संसारलाई माताको प्रेमको भाषा सुनाउनेछु ।