आज, हामी सान्ता मारिया सियोन परिवारले आमाको प्रेम र शान्ति दिवस मनाउँदै छौं र घोषणा गर्दछौं कि प्रेमको सुरुवात आमाबाट हुन्छ र अझ राम्रो संसार हामी प्रत्येकको कार्यबाट निर्माण हुन्छ भन्ने विश्वास गर्दै, हामी देहायका आमाको प्रेमका नौ वचनहरू इमानदारीपूर्वक अभ्यास गर्नेछौं।
पहिलो, “तपाईं कस्तो हुनुहुन्छ?”
हामी अरूलाई न्यानो शब्दहरूले पहिले अभिवादन गर्नेछौं र शान्तिको ढोका खोल्नेछौं।
दोस्रो, “धन्यवाद। यो सब तपाईंको कारणले नै हो। तपाईंले धेरै मेहनत गर्नुभयो।”
हामी साना भन्दा साना दयाका कार्य र प्रयासका लागि पनि हार्दिक कृतज्ञता व्यक्त गर्नेछौं।
तेस्रो, “माफ गर्नुहोस्। तपाईंलाई निकै गाह्रो भएको हुनुपर्छ।”
हामी अरूका भावनाहरू बुझ्ने प्रयास गर्नेछौं र कठिनाइहरू भोगिरहेकाहरूलाई सान्त्वना दिनेछौं।
चौथो, “ठिक छ। मलाई बुझियो।”
हामी एकअर्कालाई क्षमा गर्नेछौं र एकअर्काका कमजोरीहरूलाई न्यानो रूपमा स्वीकार गर्नेछौं।
पाँचौं, “कृपया, तपाईं पहिले जानुहोस्।”
हामी अरूलाई पहिले राख्नेछौं र स्वेच्छाले बाटो छोड्नेछौं।
छैटौं, “म तपाईंको विचारबारे थप सुन्न चाहन्छु।”
हामी फरक विचारहरूलाई सम्मान गर्नेछौं र खुला हृदयले सुन्नेछौं।
सातौं, “म तपाईंको लागि प्रार्थना गर्नेछु। म तपाईंलाई साथ दिनेछु। सबै कुरा राम्रो हुनेछ।”
हामी एकअर्कालाई उत्साहित गर्नेछौं र कठिन समयमा पनि आशा बाँड्नेछौं।
आठौं, “के म तपाईंलाई केही सहयोग गर्न सक्छु?”
हामी स्वेच्छिक र प्रेमपूर्ण हृदयले अरूलाई सहयोग गर्न पहल गर्नेछौं।
नवौं, “तपाईं अद्भुत हुनुहुन्छ। तपाईंले राम्रो गरिरहनुभएको छ।”
हामी अरूमा भएको असल कुरालाई पहिचान गर्नेछौं र हार्दिक प्रोत्साहन दिनेछौं।
हाम्रो दैनिक जीवनमा आमाको प्रेमका यी नौ वचनहरू अभ्यास गरेर, हामी आफ्ना परिवार र समुदायभर प्रेम र शान्ति फैलाउनेछौं।
शान्तिपूर्ण संसारतिर, हामी शान्ति स्थापना गर्नेहरू हौं!