हाम्रो परिवार हालै नयाँ घरमा सरेका थियौं। बस्न केही समय मिलेपछि, मलाई कुकीहरू पकाएर हाम्रा नयाँ छिमेकीहरूसँग बाँड्ने प्रेरणा जाग्यो।
कुकीहरूको बाकस लिएर, मैले आफ्ना छिमेकीहरूलाई अभिवादन गरें र “शान्ति ल्याउने आमाको प्रेमको वचन” अभियानको परिचय पनि दिएँ। यस सानो दयाको कार्यबाट उनीहरू धेरै प्रभावित र कृतज्ञ भए।
मेरा एक छिमेकीले मलाई फूल र धन्यवादको कार्डले आश्चर्यचकित बनाइदिनुभयो, र मेरो छिमेकमा बस्ने अर्का व्यक्तिले मेरो ढोकामा लगातार धेरै दिनसम्म साना उपहारहरू राख्नुभयो।
मैले महसुस गर्न सकें कि कसरी एउटा सानो दयाको कार्यले मेरा छिमेकीहरूमाझ तरंग प्रभाव सिर्जना गर्यो। यो अभियान अभ्यास गरेर र बाँडेर हाम्रो छिमेकमा मात्र होइन, अझ धेरै छिमेकीहरूसम्म पनि प्रेम र शान्ति ल्याउन सकिन्छ भन्नेमा म साँच्चै विश्वास गर्छु।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
६३