काममा हुँदा मैले एक हप्तासम्म आफ्ना सहकर्मीहरूको कार्य पूरा गर्नुपर्ने प्रकारको प्रशिक्षण लिनुपर्ने भयो । सुरुमा त मैले आफ्नो पर्यवेक्षकको मन बुझिनँ । मलाई आफ्नो प्रतिस्थापन भइरहेको आभास मात्र भयो । त्यसैले काममा आउँदैपिच्छे मैले आफ्ना नकारात्मक विचारहरूसँग लड्नुपर्थ्यो । पहिलो हप्ता दोस्रो हप्तामा परिणत हुँदा म लज्जित र अलमल्ल परें । अन्ततः मैले आफ्नो रिस लुकाउन सकिनँ र मेरो नकारात्मक मनोवृत्तिले आफ्ना सहकर्मीहरूसँग गर्ने व्यवहारलाई असर गर्न थाल्यो ।
जब मैले होशमा आएँ र आफ्नो व्यवहारलाई सोचें, तब मैले आफ्नो नकारात्मक मनोवृत्तिद्वारा आफ्ना सहकर्मीहरूलाई चोट दिएको कुरा महसुस गरें । त्यही बेला ‘ शान्ति ल्याउने आमाको प्रेमको वचन ’ भन्ने याद आयो । परिस्थितिलाई सच्याउने सङ्कल्प लिएकोले मैले माफी माग्ने निर्णय गरें र सभा बोलाएँ । प्रत्येकको भूमिका बुझ्ने क्रममा मैले महसुस गरेका कुराहरू पनि सुनें, र आफ्नो गल्तीप्रति माफी पनि मागें ।
त्यस बेलादेखि मैले आफूलाई हेर्ने दृष्टिकोण अझ फराकिलो गर्दैछु र त्यो अनुभवले मलाई एक राम्रो कामदार बनाएको छ । “मलाई माफ गर्नुहोस्” भन्ने एउटा शब्द मात्र व्यवहारमा लागू गर्ने क्षणदेखि नै यो उत्कृष्ट परिणाम प्राप्त भएको हो । शब्दमा निको पार्ने शक्ति हुन्छ !