सुरुमा आमाको प्रेमको भाषाबारे थाहा पाउँदा, यी त सामान्य वाक्यहरू त हुन् नि भन्ने लागेको थियो । ‘यसमा के नै विशेष होला र ?’ भन्ने सोचेर मैले खासै ध्यान दिएको थिइनँ । तर मण्डलीबाट यसलाई कार्यान्वयन गर्न सल्लाह दिनुभएपछि, त्यसो गरिहेर्दा सोच्दै नसोचेको परिणाम प्राप्त भयो । परिवारसँग अझ खुसी र आत्मीय क्षण बिताउन सकियो । पहिले खासै सम्बन्ध राम्रो नभएका कार्यक्षेत्रका सहकर्मीहरू पनि नजिक हुन थाल्नुभयो, र रेस्टुरेन्टमा लगेर खाजा पनि खुवाउनुभयो । अबचाहिँ आमाको प्रेमको भाषालाई आफ्नो दैनिक जीवनमा लागू गर्ने अठोट लिएको छु ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
५