धन्यवादक्षमायाचना

आमाको प्रेमको निम्ति धन्यवाद

मेरी आमा परिवारको सम्पूर्ण जिम्मेवारी बोक्नुभएर एकलै विदेशमा काम गर्दैहुनुहुन्छ । आफ्नो खानाको खर्चसमेत घटाउनुभएर अरूहरूले भन्दा अझ बढी परिश्रम गर्दै हाम्रो निम्ति बचत गर्नुहुन्छ । आफ्नो निम्ति एक जोर राम्रो कपडा पनि किन्नुहुन्न तर मेरो निम्ति सधैँ महँगो कुराहरू किनेर पठाइदिनुहुन्छ ।


हामी मोबाइल किन्न गएको दिन मलाई अझै पनि याद छ । आमाले आफ्नो लागि भनेर सस्तो मोबाइल छान्नुभयो । तर मैले “नयाँ फोन म चलाउँछु, आमाले चाहिँ मेरो चलाउनुस् न” भन्दाखेरि उत्तिखेर नै मेरो लागि राम्रो मोबाइल किन्ने निर्णय गर्नुभयो । अनि आमाले चाहिँ मेरो पुरानो फोन चलाउन खुसीसाथ रोज्नुभयो ।


त्यसरी सधैँ मेरो लागि पहिला सोचिदिनुभए पनि म रिसाएको बेला जोडले मेरो रुमको ढोका ‘ड्याम्म’ ठूलो आवाज आउने गरी बन्द गरेको कुरा अझै पनि मेरो मनमा खड्किरहेको छ ।


मेरो निम्ति सधैँ आफ्नो खुसीलाई मारेर मेरो खुसी पूरा गरिदिनुहुने आमालाई साँच्चै हृदयदेखि नै धन्यवाद व्यक्त गर्दछु ।

© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध