हालसालै, मैले कार्यक्षेत्रमा नयाँ टोलीसँगै काम गर्न थालें र एक अपरान्हपछि अचानक कम्पनीबाट जागिर घटाउने सूचना आयो । त्यो समय अधिकांश मानिसहरूका लागि एकदमै तनावपूर्ण थियो तर दुर्भाग्यवश मैलेसँग काम गरेका केही टिमका साथीहरू छोडिए ।
यस्तो समयमा, मलाई लाग्छ व्यवस्थापकहरूको काम सबैभन्दा गाह्रो हुन्छ । किनकि तिनीहरू नै नराम्रो खबरहरू सुनाउने, अनि टिमका मानिसहरूको हेरचाह गर्ने र आफूले सक्ने भए सहयोग गर्ने पनि हुनुपर्छ । दयालु र परिश्रमको लागि आफ्नो टोलीका व्यवस्थापकहरूलाई धन्यवाद चढाउन माताको प्रेमको वचन बाँड्ने यो उत्तम अवसर हो भनेर मैले सोचेको थिएँ । सबैले आमाको प्रेमको वचन लेखिएको चकलेट बार देखेर अत्यन्तै प्रभावित हुनुभयो । पत्राचाहिँ दाजुभाइहरूले दिनुभएको कुरा देखेर साँच्चै आश्चर्यचकित हुनुहुन्थ्यो ।
कार्यक्षेत्रमा पनि आमाको प्रेमका वचनहरू बाँड्दै सहकर्मीहरूमा शान्ति ल्याउनेछु ।