मलाई मन पर्ने कफी सपमा माताको प्रेम बाँडिरहेको छु । योचाहिँ ब्रदर - सिस्टर सानो परिवारको स्वामित्वमा रहेको र उहाँहरूले आफ्ना उत्पादनहरूमा ख्याल राख्नुभएकाले यो मलाई मनपर्ने कफि सप बन्यो । उहाँहरूले मलाई सुनाउनुभएको कुराले मलाई माताको वचन यहाँ बाँड्न प्रोत्साहित गऱ्यो । केही समयअघि उनीहरू दुवैले आफ्नी आमा गुमाए । पहिलो पल्ट त्यहाँ गएको समयमा म मेरी आमासँग थिएँ र ब्रदर आमा र छोराको प्रेम फेरि अनुभव गर्न सक्ने भएकोले उहाँको इच्छा भएको कुरा बताउनुभयो । त्यो सुनेपछि मलाई माताको वचन र विश्वभरिका आमाहरूले आफ्ना छोरा-छोरीहरूलाई कसरी प्रोत्साहन दिने भन्ने कुरा सोच्न बाध्य भएँ । त्यसैले मातालाई धन्यवाद चढाउँदै मैले यो प्रेम तिनीहरूलाई बाँड्न सकें ।
© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध
७१