अमेरिकाको ओक्लाहोमा सिटीमा 'आमाको प्रेम र शान्तिको भाषा दिवस' घोषणा … स्मरणार्थ स्वयंसेवा कार्य र स्थानीय प्रसारणमा उपस्थिति जारी

यू.एन 'अन्तर्राष्ट्रिय सहिष्णुता दिवस'को उद्देश्य र आमाको प्रेमको मूल्य समेटेर, स्थानीय समुदायमा मेलमिलाप र आपसी सम्मानको अभ्यासलाई जोड



अमेरिकाको ओक्लाहोमा राज्यको ओक्लाहोमा सिटीले सन् 2026 को 11 महिना 1 तारिखलाई 'आमाको प्रेम र शान्तिको भाषा दिवस (Words of Mother's Love and Peace Day)' भनेर आधिकारिक रूपमा घोषणा गरेको छ।


ओक्लाहोमा सिटीका मेयर डेभिड होल्टले 10 महिना 30 तारिखमा हस्ताक्षर गरेको घोषणापत्रमा आमाको प्रेमलाई आधार बनाएर सहानुभूति, भद्रता र बुझाइको अभ्यास गर्दै स्थानीय समुदायमा शान्ति फैलाउने अर्थ समेटिएको छ। यू.एन महासभाले सन् 1996 देखि हरेक वर्ष 11 महिना 16 तारिखलाई 'अन्तर्राष्ट्रिय सहिष्णुता दिवस'को रूपमा मनाउन लगाएको उद्देश्यको पनि उल्लेख गरिएको छ।


त्यसपछि आमाको प्रेमले सहानुभूति, भद्रता र बुझाइ सिकाउँदै घर-परिवार र स्थानीय समुदायमा शान्ति ल्याउने कुरा उल्लेख गरिएको छ। विशेष गरी अभिवादन, धन्यवाद, माफी, प्रशंसा जस्ता दैनिक जीवनमा प्रयोग गरिने आमाको प्रेमको भाषाले मानिसहरूको मन खोल्ने र एकआपसको भिन्नतालाई जोड्ने कुरा उल्लेख गरिएको छ। जाति, संस्कृति र पृष्ठभूमिको भेदभाव नगरी सम्मानजनक कुरा आदानप्रदान गर्दा मेलमिलाप र आपसी ख्याल गहिरिने र शान्तिपूर्ण स्थानीय समुदाय अझ बलियो हुने कुरामा पनि जोड दिइएको छ।


यसलाई मनाउन परमेश्वरको मण्डलीका सदस्यहरू र कार्यस्थल युवा स्वयंसेवा टोली ASEZ WAO का सदस्यहरू गरी 60 जनाले ओक्लाहोमा सिटीको विल रोजर्स पार्कमा वातावरण सरसफाइ क्रियाकलाप सञ्चालन गरे। सहभागीहरूले पार्कका विभिन्न ठाउँ सफा गरी 1,300 पाउन्ड (करीब 590 किलोग्राम) भन्दा बढी फोहोर संकलन गरे। पार्कमा आएका नागरिकहरूलाई 'शान्ति बोलाउने आमाको प्रेमको भाषा' अभियान परिचय गराइयो र न्यानो शब्द तथा असल कार्यबाट दैनिक जीवनमा शान्ति अभ्यास गर्ने तरिका पनि बताइयो।


यस दिनको क्रियाकलापमा ओक्लाहोमा राज्यका सिनेटर निकी नाइस र ओक्लाहोमा सिटी मेयर कार्यालयका उप-सचिव बोबी ट्रे ट्राउस्डेल पनि सहभागी भए। उनीहरूले अभियानको उद्देश्य र क्रियाकलाप अवलोकन गरी, स्थानीय समुदायका लागि वातावरण सरसफाइमा लागेका सहभागीहरूलाई प्रोत्साहन दिए।


वातावरण सरसफाइ क्रियाकलाप र अभियानलाई स्थानीय प्रसारण News 4 को बिहानको प्रोग्राम 'Rise & Shine' मा पनि परिचय गराइयो। यसबाट धेरै स्थानीय बासिन्दालाई 'शान्ति बोलाउने आमाको प्रेमको भाषा' र दैनिक जीवनमा शान्ति अभ्यासको अर्थ बताइयो।


ओक्लाहोमा सिटीको यस पटकको घोषणा र स्मरणीय क्रियाकलापले न्यानो शब्द र साना असल कार्यमार्फत एकअर्कालाई सम्मान गर्ने र ख्याल राख्ने 'शान्ति बोलाउने आमाको प्रेमको भाषा' अभियानको अर्थलाई स्थानीय समुदायमा अझ व्यापक रूपमा पुर्‍यायो।


-------------------


घोषणापत्र


यू.एन महासभाले सन् 1996 मा सदस्य राष्ट्रहरूलाई हरेक वर्ष 11 महिना 16 तारिखलाई 'अन्तर्राष्ट्रिय सहिष्णुता दिवस'को रूपमा मनाउन अनुरोध गरेको थियो।


'सहिष्णुताका सिद्धान्तहरूसम्बन्धी घोषणापत्र'मा उल्लेख गरिएको सहिष्णुताको अर्थ आमाको प्रेमको स्वरूप र शिक्षामा पनि भेट्न सकिन्छ।


यस्तो प्रेमले सहानुभूति, भद्रता र बुझाइ सिकाउँदै घर-परिवार र स्थानीय समुदायमा शान्ति ल्याउँछ।


आमाको प्रेमको भाषा अभिवादन, धन्यवाद, माफी, प्रशंसा जस्ता दैनिक जीवनमा प्रयोग हुने सरल अभिव्यक्ति हो, जसले मानिसहरूको मन खोल्छ र एकआपसको भिन्नतालाई जोड्छ।


साथै जाति, संस्कृति र पृष्ठभूमिको भेदभाव नगरी मेलमिलाप र आपसी ख्याललाई बढावा दिने सम्मानजनक कुरा आदानप्रदान गर्दा शान्तिपूर्ण स्थानीय समुदाय अझ बलियो हुन्छ।


यसैले म, डेभिड होल्ट, ओक्लाहोमा सिटीको मेयरले सबै नागरिकलाई स्थानीय समुदायका हरेक ठाउँमा मेलमिलाप र आपसी सम्मान अभ्यास गर्न आग्रह गर्दै, सन् 2026 को 11 महिना 1 तारिखलाई ओक्लाहोमा सिटीको


'आमाको प्रेम र शान्तिको भाषा दिवस'


को रूपमा घोषणा गर्दछु।


सन् 2026 को 10 महिना 30 तारिख

ओक्लाहोमा सिटीका मेयर डेभिड होल्ट