हामीहरू दिनभरि धेरै कुराहरू बोल्ने गर्छौं । तर एउटा बोलीले कसैलाई चोट पुऱ्याउन, मनमुटाव गराउन वा असमझदारी उत्पन्न गराउन पनि सक्छ । सानो र नदेखिने जिब्रोले बोली भन्ने माध्यमबाट ठूलो प्रभाव पार्छ । वास्तवमा, धेरै मनमुटाव र दुर्भाग्यपूर्ण घटनाहरूको पछाडि बोलीको प्रभाव हुन्छ ।
त्यसो भन्दैमा बोल्दै नबोलीकन बस्न पनि सकिँदैन । महत्त्वपूर्ण कुरा भनेको के बोलिन्छ भन्दा पनि कसरी बोलिन्छ भन्ने कुरा हो । हामीले बोल्नुअघि, त्यस बोलीले कस्तो प्रभाव पार्छ भन्ने कुरा पहिला सोचेर होशियारीपूर्वक बोल्नुपर्छ । धन्यवाद, प्रोत्साहन, सहानुभूति, क्षमायाचना, प्रेम समावेश भएको बोलीले हामीले प्रयोग गर्नुपर्ने भाषा हो ।
मैले ‘आमाको प्रेमको भाषा’मार्फत यस्तो न्यानो बोली सिकेर व्यवहारमा लागू गर्न थालें । सुरु-सुरुमा त अलि अप्ठ्यारो लागेको थियो, तर मैले पहिला अरूलाई अभिवादन गर्दै, अरूप्रति विचारशील हुने बोली बोल्न थाल्दा मेरा वरिपरिका मानिसहरूको प्रतिक्रियामा पनि बद्लाव आउन थाल्यो । अरूलाई बेवास्ता गर्ने र रुखो बोली बोल्ने मानिसहरूले पनि आफूले पहिला खुलेर बोल्न थाले।
एउटा सानो बोलीले मानिसको मन खोल्न, सम्बन्ध पुनर्स्थापना गर्न र संसारलाई बदल्न सक्छ भन्ने कुरा महसुस भयो ।
त्यसैले म हरदिन आफूलाई नै सोध्ने गर्छु,
“आज मैले कस्तो बोली बोलें ? के मैले कसैसँग न्यानोपना बाँडे ?”
प्रेमको बोली बाँड्नु नै यस उजाड संसारमा पुनः प्रेमको फूल फुलाउने पहिलो पाइला हो ।
आगामी दिनहरूमा पनि म न्योनो र असल बोली बोल्न अभ्यास गर्दै जिउनेछु ।
धन्यवाद ।❤️💐