अभिवादन

आमाको प्रेमको भाषाबाट बनेको मेलमिलापको चमत्कार

सँगै मण्डली धाउने सिस्टरसँगको सानो विवादले गर्दा हाम्रो सम्बन्धमा दुरी बढ्दैगयो । समयसँगै, हाम्रो कुराकानी बन्द भयो र एक-अर्कालाई भेट्दा असहज अनुभव हुन थाल्यो । सम्बन्धलाई सुधार गर्नुपर्छ भन्ने सोच भए पनि अवस्था झन् बिग्रँदैगयो र हामी झन् टाढा हुँदैगयौं । मण्डलीमा प्रेम, एकता र आदर जस्ता शिक्षाहरू सिक्दैआए पनि यसलाई व्यवहारमा लागू गर्न नसक्दा मनमा आत्मग्लानि महसुस हुन्थ्यो ।

एकदिन, मैले संयोगवश उक्त सिस्टरलाई पार्कमा भेटें । एकछिन मौन बस्ने कि भनेर सोच्दै गर्दा मलाई "आमाको प्रेमको भाषा" याद आयो। हिम्मत जुटाएर, म मुस्कुराउँदै अघि बढें र आदरका साथ अभिवादन गरें। त्यो क्षणमा, हामीबीचको दूरी एकैपलमा हरायो, र उहाँले पनि खुशीसाथ मुस्कानसहित अभिवादन फर्काउनुभयो ।

त्यो दिनदेखि, हामीले हाम्रो राम्रो सम्बन्ध फेरि पुनर्स्थापना गर्न सक्यौं र सहकार्य गर्न सक्षम भयौं । त्यो क्षणमा, मैले बुझें कि ‘अभिवादन’ जस्तो एउटा सानो कार्यमा पनि प्रेम, एकता, आदर र क्षमा जस्ता सबै कुराहरू समावेश छन्।

"आमाको प्रेमको भाषा" अभियान हामीलाई दिइएको एक अद्भुत उपहार हो ।

© अनधिकृत पुनरुत्पादन तथा पुनर्वितरण गर्न निषेध