हरेक आइतबारमा कुनै विशेष कार्यक्रम नभएको समयमा हामीहरू नियमित भेलाको निम्ति मण्डली भेला हुन्छौं ।
हालसालै, हामी बाहिर जाँदै गर्दा, एक जना स्त्री न्यानो मुस्कुराउँदै आफ्ना छोरा-छोरीहरूसँगै हामीतिर हिँड्दै आइरहेको मैले देखें । मैले पहिला नै चिनेको व्यक्तिजस्तै गरी उहाँलाई स्वाभाविक रूपमा अभिवादन गरेर “ सिस्टर कस्तो छ ?,” भनेर जवाफ फर्काएँ ।
उहाँले मुस्कुराउँदै “ठीक छु” भनेर जवाफ दिनुभयो र ढिला आएको कि भनेर सोधिन् । त्यो क्षण, मैले उहाँलाई व्यक्तिगत रूपमा आमन्त्रण नगरेकोले म अलि अन्योलमा थिएँ ।
पछि उहाँ वास्तवमा आफूले निमन्त्रणा पाएको फरक ठाउँमा जाँदैहुनुहुन्छ भन्ने कुरा थाहा पाएँ । तर, मुस्कुराएको र एक-अर्कालाई न्यानो अभिवादन गरेको मण्डली सन्तहरू देखेपछि, उहाँले पनि आफूले निमन्त्रणा पाएको ठाउँ हो भनेर सोच्नुभयो ।
यो सम्बन्ध नै बन्धनको सुरुवात बन्यो, र हामीहरू अब ‘एउटै परिवार’को रूपमा सँगै मण्डली जानिरहेका छौं ।
यो पटकको अनुभवद्वारा मैले माताको प्रेमको भाषा न्यानो अभिवादन गर्दा स्वाभाविक रूपमा असल मानिसहरू पनि आउँछन् भन्ने कुरा महसुस गरें । यो संयोग मात्र नभएर, व्यवहारमा पनि प्रेमको शक्ति थियो ।
अबदेखि माताको प्रेमको भाषालाई दैनिक जीवनमा व्यवहारमा लागू गर्न प्रयत्न गरिरहनेछु ।
पिता-माता धन्यवाद ।