हामीले स्वर्गीय माताको प्रेमलाई एक रातमा भोज भेला गरेर सुन्यौं ।
हामीले सन्तहरूलाई भेला गर्न र एक-अर्कासँग साँचो प्रेम बाँड्न सक्यौं । यो कुराद्वारा मैले, यस्ता क्षणहरू बिताउनु र स्वर्गीय परिवारसँग समय बिताउनु कति अमूल्य रहेछ भन्ने कुरा महसुस गर्न पुगें । यो कुराले मलाई परिवार कस्तो हुन्छ भन्ने कुरा याद गऱ्यो - प्रेम बाँड्ने ठाउँ र रमाइला क्षणहरू एकसाथ अनुभव गर्ने ठाउँ हो ।
यो रातमा हामी एक-अर्कालाई दिदीबहिनीको रूपमा चिन्यौं । हामीलाई एकदमै गहिरो प्रेम गर्नुभएका पिता र माताले जस्तै एक–अर्कालाई खुशी र प्रेमले भरिपूर्ण हुन प्रोत्साहन दिनु भनेको एउटा यस्तो आशिष् थियो । स्वर्गीय माताले “एकतामा रहँदा आशिष् पाउनेछौं” भन्नुभएजस्तै स्वर्गीय माताले यस्तो गतिविधिमार्फत हामीलाई सिस्टर जस्तो प्रेम र नम्रताको आशिष् प्रदान गर्नुहुनेछ भनी विश्वास गर्दछु ।
माताको शान्ति दिवस अभियानको स्थापना गर्नुभएर माताको प्रेम बाँड्ने यो अमूल्य मौका दिनुभएका पिता-मातालाई धन्यवाद चढाउँदछु । यस ग्रूप गेदरिङमा सहभागी भएका सिस्टरहरूले सुन्दर सियोनको सुगन्ध सुनाउँदै एक-अर्कासँग माताको प्रेम बाँड्ने मौका पाएकोमा यस रात्रिभोज मार्फत कति खुशी छन् भन्ने कुरा व्यक्त गरे ।